Video

चलचित्र नायक जय किशान बस्नेत नकचरा भन्दै मिडियामा (भिडियो सहित)

काठमाडौं – देश उज्यालो बनाउनमा प्रमुख भूमिका रहेको विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङको सामाजिक संजाल,मिडिया लगायत जताततै चर्चा भइरहेको छ ।

यसै क्रममा नेपाली चलचित्रमा छवि बनाएका जय किसान बस्नेत पनि कुलमान घिसिङको समर्थनमा जंगिएका छन् । बि.स. २०७३ देखि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रहेका घिसिङको आगामी भाद्र २९ गते ४ वर्षीय कार्यअवधि समाप्ति हुँदै छ । घिसिङको पुनः नियुक्तिको विषमा चलचित्रकर्मी,मिडियाकर्मी,सामजिक संजाल कर्ता हरूको समर्थनमा सरकारलाई दवाद दिइरहेका छन् ।

वर्षौं देखि ३५ अर्ब घाटा बेहोर्दै आएको प्राधिकरणले घिसिङको नियुक्ति पछि १ रुपैयाँ पनि घाटा बेहोर्नु परेन । ४ वर्षीय कार्यकालमा घिसिङले बेहोरिरहेको अर्बौं घाटालाई मुनाफामा परिवर्तन गरे । आर्थिक वर्ष ७६ र ७७ मा ११ अर्ब सम्म मुनाफा हुनेगरि काम गरिरहेका घिसिङले काठमाडौं,ललितपुर र भक्तपुरमा बाहिर रहेका तारहरू भूमिगत गर्ने कार्यलाई पनि सुरुवात गरेका छन् ।

उक्त कामको प्रसंसा गर्दै सारा नेपाली १७ देखि १८ घण्टाको लोडसेडिङबाट मुक्त भएको देख्दादेख्दै पनि सरकारले घिसिङको पुनः नियुक्तिको सिफारिस पेश नगरेकोमा चलचित्र नायक जय किसान बस्नेत आक्रोशित बनेका हुन् ।

माहामारीको अवस्थामा कुर्ची तान्ने खेल खेलिरहेकोमा नेतालाई तपाइँ हैन तिमी भनेर सम्बोधन गर्नुपर्छ भन्दै नकचराहरू समेत भन्न भ्याएका छन् ।

हेरौं उनको यो भिडियो ।

Related Articles

Back to top button
Close