News

ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौं – नेपाली बजारमा केही दिनदेखी घटिरहेको सुनको मूल्य बिहिबार तोलामा ८ सय रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ८ सय रुपैयाले बढेर प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयामा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँमा नै कायम रहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button
Close