News

पोखरामा कोरोनाबाट ३२ बर्षिया महिलाको मृत्युु

पोखरामा उपचाररत एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ । कोरोना विशेष अस्पताल पोखरामा उपचाररत ३२ वर्षीया महिलाको मृत्यु भएको भएको हो ।

भदौ ७ गते कोरोना पुष्टि भएकी पोखरा नगरपालिकाकी ३२ वर्षीया महिलाको आज विहान निधन भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले जानकारी दिनुभयो ।

पोखरा- ११ की महिला भदौ ७ गते अस्पताल भर्ना भएकी उनको आज बिहान ८ बजे मृत्यु भएको हो । यो सँगै प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

Related Articles

Back to top button
Close