News

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई दोहोर्याउन कलाकारको माग

काठमाडौं / नेपाल विधुत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि केही समयपछि सकिँदैछ । कुलमानको पदावधि सकिँदै गर्दा कलाकारहरुले सामाजिक सञ्जालमा उनलाई अर्काे कार्यकालमा पनि दोहोर्याउनु पर्ने माग राखिरहेका छन् ।

उनी अर्काे कार्यकालमा नियुक्ति हेर्ने चाहना व्यक्त गर्दै निर्माता तथा कलाकार दीपक राज गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज बसेको मन्त्री परिषद बैठकले कुलमान घिसिङलाई नै विधुत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ । सरकारसँग यस्तै समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुको विकल्प छैन ।’ हालसम्म घिसिङको पुन: नियुक्तिबारे निर्णय भएको छैन । तर दीपकको यस स्टाटसपछि सामाजिक सञ्जाल फेसबुकमा तरङ्ग पैदा गरेको छ । उनको स्टाटसपछि धेरैले कुलमान अर्काे कार्यकालमा नियुक्ति भएको भन्दै खुशी साटिरहेका छन् ।

यता, हाँस्यकलाकार सिताराम कट्टेल र नायक आर्यन सिग्देलले कुलमानकै निरन्तरता हुने निर्णय सुन्ने आशा व्यक्त गरेका छन् । उनीहरुले लेखेका छन्, ‘आज बस्ने मन्त्री परिषद बैठकले कुलमान घिसिङ ज्युलाई नै विधुत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको सुन्न पाइयोस् ।’

अभिनेत्री करिश्मा मानन्धरले फेसबुकमा कुलमान घिसिङसँगको तस्बिर राख्दै आगामी कार्यकालका लागि पनि कुलमानलाई नै नियुक्त गर्नुपर्छ उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘थोरै आफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे हुन्छन् । कुलमन घिसिङ फेरि चाहिन्छ ।’ त्यस्तै, हाँस्यकलाकार हरिवंश आचार्य उज्यालो ल्याउनेलाई सम्मान गरौं भन्दै लेखेका छन्, ‘यो देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजी खोजी हटाउनु पर्छ । उज्यालो ल्याउनेलाई सम्मान गरौं । उहाँको ऊर्जाले देशको ऊर्जा बढ्छ ।’

नायिका केकी अधिकारीले पनि कुलकानमा कुनै अहंकार नभएको बताउदै लेखेकी छन्, ‘निस्वार्थ अनि निर्भिक, दृढ अनि तिक्ष्ण, तिब्र अनि गतिशिल । यी तमाम उर्जा–तत्वको एकढिक्का पुञ्जले धपक्कै बलेको त्यो अनुहार । न दम्भ, न अहंकार । शालिन, सौम्य र सरल । अर्थात कुलमान घिसिङ ।’

Related Articles

Back to top button
Close