News

मेरो नाममा ‘फेक अकाउन्ट’ खोलेर गल’त प्रचार गरियो : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्ना विषयमा सामाजिक सञ्जालमार्फत गलत कुरा सूचना प्रवाह भएको बताएका छन् ।

बुधबार बिहान आफ्नो फेसबुक अकाउन्टमा स्टाटस लेख्दै उनले आफ्नो नाममा सामाजिक सञ्जालको फेक अकाउन्ट खोलेर आफ्नाबारे गलत हल्ला फैलाइएको जानकारी दिएका हुन् ।

मंगलबार साँझ घिसिङका नाममा खोलिएका फेक ट्विटर अकाउन्टबाट उनलाई फेरि अर्काे कार्यकालका लागि पनि सरकारले नियुक्ति दिएको भन्ने समाचार भाइरल पारिएको थियो ।

यसैलाई आधार बनाएर कतिपय राष्ट्रिय सञ्चारमाध्यमले समेत उनको पुनर्बहाली भएको समाचार बनाएका थिए।

सोही कुरालाई संकेत गर्दै निर्देशक घिसिङले फेसबुकमार्फत आफ्नो यो अकाउन्टबाहेक अर्काे आधिकारिक अकाउन्ट नभएको र हल्ला गलत भएको स्पष्ट पारेका हुन् ।

उनले लेखेका छन्, ‘मेरो फेक अकाउन्ट खोली विभिन्न समाचारहरू सम्प्रेषण भएकाले मेरो योबहेक कुनै अरू आधिकारिक अकाउन्ट नभएको जानकारी गराउँदछु ।’

Related Articles

Back to top button
Close