News

काठमाडौं उपत्यकामा थपियो लकडाउन

पछिल्लो केहिदिन यता काठमाडौं उपत्यकामा २ सय भन्दा बढि कोरोना संक्रमित दैनिक थपिन थालेपछि सरकारले भदौ ३ गतेदेखि सुरु गरेको निषेधाज्ञा थप एक हप्ता अर्थात भदौ १७ गतेसम्म लम्ब्याइएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।

मंगलबार (हिजो) उपत्यकामा जारी निषेधाज्ञाबारे छलफल तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु दिउँसो ३.०० बजे अबेरसम्म बैठक बसेपनि कुनै निर्णय नगरी बुधबार बिहान बैठक बस्ने निर्णय गर्ने बताएका थिए

सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो । तर तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा ५ दिन नभएर एक हप्ता बढाएका छन् । अब भदौ १७ गते रात्ति १२ बजेसम्म काठमाडौं उपत्यकामा तीन जिल्लामा निषेधाज्ञा जारी रहन्छ ।

निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।
अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ ।

मंगलबार दिउँसोसम्म काठमाडौं उपत्यकामा ३ हजार ७ सय ८ जनामा कोरोना संक्रमण भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ९ सय ५५ जना भक्तपुरमा ३ सय जना र ललितपुरमा ४ सय ५३ जना कोरोना संक्रमित भेटिएका छन् ।

Related Articles

Back to top button
Close