कुलमान घिसिङलाइ हटाउन पैसाको बिटो बोकेर रातारात मन्त्रालय धाउने को हुन् ?नामै तोकेर बोले पुण्य गौतमले
नेपाल विधुत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि केही समयपछि सकिँदैछ । कुलमानको पदावधि सकिँदै गर्दा कलाकारहरुले सामाजिक सञ्जालमा उनलाई अर्काे कार्यकालमा पनि दोहोर्याउनु पर्ने माग राखिरहेका छन् ।तर यता कुलमान घिसिङलाइ हटाउन बिभिन्न चलखेल सुरु भएको छ।
उनी अर्काे कार्यकालमा नियुक्ति हेर्ने चाहना व्यक्त गर्दै निर्माता तथा कलाकार दीपक राज गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज बसेको मन्त्री परिषद बैठकले कुलमान घिसिङलाई नै विधुत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ । सरकारसँग यस्तै समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुको विकल्प छैन ।’ हालसम्म घिसिङको पुन: नियुक्तिबारे निर्णय भएको छैन । तर दीपकको यस स्टाटसपछि सामाजिक सञ्जाल फेसबुकमा तरङ्ग पैदा गरेको छ । उनको स्टाटसपछि धेरैले कुलमान अर्काे कार्यकालमा नियुक्ति भएको भन्दै खुशी साटिरहेका छन् ।