News

कोरोना संक्रमित भएपछि डरले डेरा बाहिर बसेकी युवतीका घरबेटीले घरमै बोलाएर बनाइदिए आइसोलेसन

काठमाडौ । काठमाडौ लगायतक ठाउँमा कोरोना संक्रमितलाई छिमेकीले गरेको ब्यवहारका बारेमा थाहा पाएका विराटनगरमा भाडामा बस्ने एक परिवार कोरोना पुष्टि भएको थाहा पाएपछि लुक्दै हिडे । परिवारमा एक जना युवतीलाई कोरोना पुष्टि भएको थियो । भाडामा बस्ने त्यो परिवारले युवतीलाई आफ्नो कोठामा नराखेर अन्यत्रै लगेर राखे । संक्रीमत भएका चिकित्सक र स्ववासथ्यकर्मिलार्य त छिमेकी र आफन्तले समेत अपहेलना गरेको थाहा पाएका उनीहरु आफ्नो छोरी संक्रमित भएको थाहा पाए घरबेटीले के भन्नेहुन् भन्ने लागेको थियो ।

तर यो परिवारमा भने उल्टो भइदियो । महानगरपालिका–३ मा भाडा बस्ने यो परिवारले अहिले उनका लागि आफ्नो घरमै आइसोलेसन बनाइदिएका छन् । भाडामा बस्ने १९ वर्षीया युवतीमा दुई साताअघि कोरोना पुष्टि भएको थियो । काठमाडौं घर भएकी उनी १४ वर्षीय भाइलाई साथमै राखेर उनी काठमाडौंमै बस्थिन्। तर काठमाडौमा पढाई लगायतका सबै काम बन्द भएपछि बुवाआमा बस्दै आएको ठाउँ बिराटनगर पुगेकी थिइन् ।

बन्धन सिमेन्टका मेनेजर रहेका बाबु र आमा भएको ठाउँमा पुगेकी उनलाई कोरोना पुष्टि भएपछि कोठामा नगएर अन्यत्र बस्दै ाएकी थिइन् । पहिलो पटक परिवारभित्र युवतीका ठूलोबामा कोरोना देखिए पछि परिवारले उनलाई घरवाट बाहिरै राखेका थिए । विद्युत प्राधिकरणका प्राविधिक रहेका विराटनगर–३ का ५७ वर्षीय उनका ठूलोबाको भने साउन २८ गते विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारकै क्रममा निधन भइसकेको छ। कोरोना संक्रमित ठूलोबाको सम्पर्कमा रहेका कारण उनमा पनि कोरोना परिक्षण गरिएको सथयो । तर परिवारका अन्य सदस्यमा भने कोरोना पुष्टि भएन ।
उनलाई कोरोना पुष्टि भएकाले अन्यत्रै लगिएको कुरा चाल पाएका घरबेटी कृष्णकुमार सुवेदी र पत्नी राधा सुवेदीले निकै राम्रो ब्यवहार देखाए । उनीहरुले छोरीलाई बाहिर नराख्नु भन्दै आफ्नै घरमा आइसोलेसनका लागि कोठा बनाइदिए । घरबेटीले नै त्यसरी आग्रह गरेपछि अहिले ति युवती १० दिनदेखि घरबेटीकै घरको एउटा कोठामा ‘होम आइसोलेसन’ बसेकी छिन्। उनको दोस्रो पटक स्वाब परीक्षणको तयारी भइरहेको छ।
संक्रमित युवतीलाई घरभित्रै राखिए पनि आफूहरुलाई कुनै असहज घुबेटीजे प्रतिकृया दिएका छन् । सबै ठाउँमा ‘सेनिटाइज’ गरेर घरलाई ‘डिसइन्फेक्ट’ गरिएका यनले जानकारी दिएका छन् । उनले भने‘आवश्यक मापदण्ड र प्रक्रिया पूरा गरेर ‘होम आइसोलेसन’मा राखिएको छ।

सुवेदी परिवारसहित दोस्रो तल्लामा बसेर भुइँ तलामा संक्रमितलाई राख्न छुट्टै कोठाको व्यवस्था गरिदिएका हुन्। संक्रमित युवतीका परिवार साउन ११ गतेबाट सुवेदीको घरमा भाडामा बस्न थालेका हुन्। अहिले युवतीले प्रयोग गर्ने सरसामान, शौचालयदेखि लिएर बस्ने र खाने कोठा पनि अलग्गै छ।

‘यो रोगले धनी गरिब सकैलाई छोड्दैन’ उनले भने ‘मान्छे मुर्दा छुन समेत पाइन्न, यस्तो बेला हामीले मानवता देखाउनुपर्छ ।’ संक्रमितलाई मानवीय व्यवहार गर्दै सहयोगको आवश्यकता रहेको उनी बताउँछन् । ‘घरमा सतर्कता अपनाएका छौं’ सुवेदीले भने, ‘हाम्रो परिवार घरबाट बाहिर निस्किएको छैन । संक्रमितको अवस्था दिनमा एक पटक बुझ्छु ।’

Related Articles

Back to top button
Close