News

काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं-काठमाडौं त्रिवि शिक्षण अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंको कागेश्वरी नगरपालिका- ९ कि ४८ वर्षिया महिला रहेकी छन् । उनको उपचारका क्रममा सोमबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीले बताए ।

उनी साउन २८ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन नै उनलाई कोरोना संक्रमण भएको बताइएको छ ।मृतक महिला मुटुसम्बन्धी, पित्तथैली र मिर्गौलाको समस्या भएकी बिरामी रहेको बताइएको छ ।

Related Articles

Back to top button
Close