News

एकै परिवारका आठसहित १४ जनामा देखियो कोरोना

दाङ – दाङमा एकै परिवारका ८ जनासहित १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हुनेमा ५ वर्षीय बालकदेखि ४२ वर्ष उमेर समुहका रहेका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका( ४ का एकै परिवारका ८ जनासहित ९ जना, शान्तिनगर–३ का एक जना र शान्तिनगर–५ का १ जना रहेका छन् । क्वारेन्टाइनमा बसेका ४० जनाको स्वाब परीक्षण गर्दा ११ जना नयाँ संक्रमित भेटिएका हुन्। शान्तिनगरमा अहिले १२ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै लक्ष्मी बैंक घोराही शाखाको एक्सटेन्सन काउण्टरमा कार्यरत तीन जनामा संक्रमण पुष्टि भएको छ। उक्त काउण्टर बुधबारदेखि नै बन्द गरिएको बताइएको छ । कर्मचारीमा खोकी र ज्वरोको लक्षण देखिएपछि आशंकामा स्वाब परीक्षण गरिएको थियो ।

Related Articles

Back to top button
Close