News

काठमाडौंमा एकैदिन २२४ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ८ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन २ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ७ सय ४३ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २ सय २४ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले १० हजार २ सय ३४ जनाको पिसीआर परिक्षणमा ७ सय ४३ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १७५ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १८ हजार ८ सय ६ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १७७ जना र ललितपुरका ३३ जना र भक्तपुरका १४ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।

Related Articles

Back to top button
Close