News

गायिका अञ्जु पन्तद्वारा निशुल्क खाना वितरण

काठमाडौं २७ बैशाख / विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन घोषणा गरेको गरेको आज ४७ ओैं दिन भइसकेको छ भने, लकडाउन अझै जेठ ५ गतेसम्म जारीरहनेछ ।सरकारले लकडाउनलाई खुकुलो बनाउँदै लाने निर्णय गरेको छ, जसमध्ये गत शुक्रबारबाट उधोग कलकारखाना र निर्माण सम्बन्धि कामहरु खुल्ला गरिसकेको छ

त्यस्तै लकडाउनको समयमा समस्या परेर भोकै बस्न पर्ने बाध्यता भएकाहरुलाई बहुचर्चित गायिका अञ्जु पन्तले निशुल्क खाना बितरण गरेका छन् । राजधानीको विभिन्न स्थानमा निशुल्क खाना खुवाउँदै गायिका पन्तले लेखेका छन् :

कोरोना कहरः डरले घर बस्न भन्दा भोकको आगोले
कर लाग्यो । लामो समयको लगडाउनले छट्पटिएका भोको पेटहरुलाई खाना खुवाउने हाम्रो प्रयासमा विभिन्न १२ स्थानमा एक हजारलाई खाना वितरण गर्न सकेका छौँ । सहकार्य गर्ने सबैमा धन्यवाद् अब हजुरहरु पनि आउनुस हातेमालो गरौ , सबै मिलि सहायता गरौ ।

Related Articles

Back to top button
Close