vada
News

आज थपिए ७ सय ४३ संक्रमित , थप ८ जनाको मृत्यु

काठमाडौं ०८ भदौ / काठमाडौं उपत्यकामा २ सय २४ जनासहित नेपालमा थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनबाट मृत्यु हुनेको संख्या १५७ पुगेको मन्त्रालयले बताएको छ ।

Related Articles

Back to top button
Close