vada
News

भारतको चेन्नईमा तीजको बेलामै एक नेपाली चेलीद्वारा दे ह त्या ग

हिन्दु नारीहरुको महान पर्वका हरितालिका तीजका बेला महिला दिदीबहिनीहरुले रमाइलो गरिरहेका बेला भारतको चेन्नईमा एक नेपाली चेलीले भने खबर छ । काँस्की जिल्लाको रूपा गाउपालीका वाड नं ६ का स्थायी बासिन्दा अमृत केसीकी कान्छी श्रीमती अमृता केसीले दर खाने दिनका दिन बिहीवार दे ह त्या ग गरेकी हुन । चेन्नईको प्यारीसमा कार्यरत अमृत केसीकी श्रीमती अमृता केसी ३६ वर्षकी थिइन ।

उनले हिजो करिव २ बजे अपराह्न आफ्नै कोठामा दे ह त्या ग गरेकी हुन । उनले दे ह त्या ग गरेको यकीन कारण थाहा हुन नसके पनि ३ महिने लकडाउनका क्रममा नेपाल गएका श्रीमान चेन्नई फर्किएको एक हप्तापछि उनले दे ह त्या ग गरेको खुल्न आएको छ । उनले दे ह त्या ग गर्दा श्रीमान कामले बाहिर गएका थिए । अमृता केसीलाई घटनापछि राजीव गान्धी हस्पिटल लगिएपनि डाक्टरहरुले उनलाई मृ’ त घोषित गरेको थियो ।

आज पुलिस कारवाही पुरा गरिएपछि साँझ साढे 4 बजे नुङ्गामबाक्कुम सम्सान घाटमा अन्तिम संस्कार गरिएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य एंव दक्षिण पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्यालले बताउनुभएको छ ।

अन्तिम संस्कारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य महेन्द्र बस्याल, क्षेत्रीय सदस्य ज्योतिनारायण शर्मा, क्षेत्रीय सदस्य तथा उत्तर नगर अध्यक्ष उमानन्द आचार्य, चेन्नई उत्तर नगर सचिव मोहराज सुवेदी, बुद्धि थापा, नारायण खड्का, कृष्ण थापा, भिम बहादुर कुँवर र बिष्णु क्षेत्री सहभागी रहनु भएको थियो । मूल प्रवाहले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोक संतप्त परिवारप्रति सम्वेदना प्रकट गरेको छ ।

Related Articles

Back to top button
Close