News

काठमाडौं यी क्षेत्रका सैलुन सञ्चालकलाई कोरोना संक्रमण

काठमाडौँ / काठमाडौँको काँडाघारीका सैलुन सञ्चालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ काँडाघारीका सैलिन सञ्चालक एक व्यक्तिमा संक्रमण पुष्टि भएपछि सो क्षेत्र सिल गरिएको मेयर कृष्णहरि थापाले जानकारी दिए ।सैलिन सञ्चालकमै संक्रमण पुष्टि भएपछि दाह्री, कपाल काटेकाहरूको खोजी गरेर बृहत मात्रा परीक्षणको तयारी भएको मेयर थापाले जानकारी दिए ।

कागेश्वरी मनोहरामा अहिलेसम्म ७१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । काठमाडौं उपत्यकामा १६६ जनासहित नेपालमा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ ।

Related Articles

Back to top button
Close