News

६ हजार कर्मचारीलाई बिदा !

काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिन नदिन काठमाडौं उपत्यकासहित केही जिल्लाहरुमा निषेधाज्ञा जारी भएपछि नेपाल विद्युत् प्राधिकरणले कार्य सञ्चालनमा खटिने कर्मचारीको संख्यामा भारी कटौती गरेको छ ।

कर्मचारीमा पनि कोरोना भाइरस संक्रमण देखिन थालेपछि प्राधिकरणले आकस्मिक सेवाबाहेक अन्य वितरण केन्द्रमा कर्मचारी कटौती गरेको हो । देशभरका वितरण केन्द्रमा कार्यरत कर्मचारीमध्ये ७५ प्रतिशत (झन्डै ६ हजार) कर्मचारी कटौती गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरण वितरण निर्देशानलयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले देशभरका विद्युत् वितरण केन्द्रमा करिव २ हजार कर्मचारी मात्रै खटिएको बताए ।

देशभरका वितरण केन्द्रमा गरी झन्डै ८ हजार कर्मचारी कार्यरत छन् । तीमध्ये २५ प्रतिशत अर्थात देशभर झन्डै २००० हजार कर्मचारी मात्रै आज (भदौ ४) गतेदेखि खटिएको न्यौपानेले जानकारी दिए । -क्यापिटल नेपालबाट

Related Articles

Back to top button
Close