vada
News

काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमणको पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा थप १६६ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको जानकारी दिएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले उपत्यकामा काठमाडौंका १२६, ललितपुरका १२ र भक्तपुरका २८ जनालाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

आइतबार थपिए कोरोनाका ८ सय १८ नयाँ संक्रमित

आइतबार देशभर कोरोनाका ८ सय १८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा २ सय ८१ जना कोरोनाबाट निको भइ घर फर्किएको उनले जानकारी दिए। यीसहित हालसम्म १८ हजार ६३१ जना कोरोनाबाट निको भएका छन्।

Related Articles

Back to top button
Close