vada
News

कोरोनाबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या १४९ पुग्यो

काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट तीन जनाको मृत्यु भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ । आइतबार ८१८ जना कोरोना संक्रमण भएसँगै संक्रमितको संख्या ३१ हजार ९३८ जना पुगेको छ । आइतबार २८१ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या १८ हजार ६३१ पुगेको छ ।

Related Articles

Back to top button
Close