News

अन्तत: भदौ १५ गतेसम्म झनै कडाईका साथ पूर्ण रुपमा लकडाउन गर्ने प्रशासनको निर्णय

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले लकडाउनको समयावधी बढाएको छ। आइतरबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले लकडाउन अवधि बढाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए।

पछिल्लो पल्ट थप भएको लकडाउन अवधि आज राति १२ बजे सकिँदै थियो। लकडाउनलाई थप ८ दिन बढाएर भदौ १५ गतेसम्म लम्बाइएको प्रशासनले जनाएको छ। यहाँ साउन २६ गते राति १२ बजेदेखि लकडाउन जारी छ।

जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। यसलाई मध्यनजर गरी समुदायस्तरमा भाइरस थप फैलन नदिन र नियन्त्रणका लागि लकडाउन अवधि बढाइएको हो। लकडाउनमा अत्यावश्यक बस्तुहरु बाहेक अन्य सम्पूर्ण गतिविधि सञ्चालन गर्न रोक लगाइएको नेपालीले बताए।

Related Articles

Back to top button
Close