महानायक विवादपछि पहिलो पटक रुँदै मिडियामा आइन दीपा श्री निरौला ( भिडियो हेर्नुहोस् )
काठमाडौं ०७ भदौ / अभिनेत्री तथा निर्देशक दीपा श्री निरौलाको आज जन्मदिन परेको छ । उनको जन्म २०३२ साल भदौ ७ गते बिराटनगरमा भएको हो ।रेडियो नाटकबाट आफ्नो अभिनय अभिनय यात्रा सुरु गरेकी निरौलाले तितो सत्य हाँस्य टेलिचलचित्रबाट दर्शकमाझ आफूलाई चिनाएकी हुन् ।
पछिल्लो समय लगातार सफल चलचित्र निर्देशन गरेर थप सफलताको शिखर चुमेकी निरौला केही समय अगाडि एक विवादमा मुछिएकी थिइन् ।एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा महानायक राजेश हमालसँग सम्बन्धित केही कुराहरु बोलेपछि अभिनेत्री दीपाश्री निरौला विवादमा तानिएकी हुन्। विवादपछि सामाजिक सञ्जालबाटै माफी मागेर मौन बसेकी निरौलाले जन्मदिनको अवसरमा पुन: माफी माग्दै एक भिडियो सार्वजनिक गरेकी छिन् ।
उनले भिडियोमा भनेकी छिन् ” मैले गल्ती बोलेकै हुँ, यो घटनाले अबदेखि बोल्दा होस पुर्याउनु पर्ने रहेछ भन्ने ज्ञान दियो ।”भिडियो हेर्नुहोस् :