vada
News

अनलाइन खबरका ९ पत्रकारलाई कोरोना

काठमाडौं, ७ भदाै । काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेका बेला अनलाइन खबर डटकममा कार्यरत ९ जना पत्रकार संक्रमित भएका छन् ।
फोटो पत्रकारसहित डेस्कमा कार्यरत ९ जना पत्रकारलाई कोरोना पुष्टि भएको स्रोतले जनाएको छ ।सुरुमा एक जनालाई कोरोना संक्रमण भएपछि उनको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिएको थियो ।त्यस क्रममा ९ जनामा कोरोना पुष्टि भएको स्रोतले जनाएको छ । स्वाब लिइएकामध्ये केहीको रिपोर्ट आउन बाँकी छ ।

Related Articles

Back to top button