vada
News

सुशान्त सिंह राजपुतको पोस्टमार्टम रिपोर्टमा गडबडी ! डाक्टरकै मिलेमतोको आशंका

मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको विषयमा अनुसन्धान थालेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआइ)ले सुशान्तको शवको पोस्टमार्टम गर्ने डाक्टरहरुमाथि नै गडबडी गरेको आशंका गरेको छ । सीबीआइले पोस्टमार्टम गर्ने डाक्टरको टिम र यसमा संलग्न अन्य विशेषज्ञहरुसँग सोधपुछ गर्ने भएको छ । सीबीआइले सुशान्तको पोस्टमार्टम ठिकसँग नभएको वा रिपोर्टमा केही गडबडी भएको आशंका गरेको छ ।

सीबीआइले पोस्टमार्टमका विषयमा मुम्बइ पुलिससँग पनि सोधपुछ गर्ने भएको छ । सुशान्तको पोस्टमार्टमपछि जारी गरिएको रिपोर्टमा मृत्युको समय जस्ता महत्वपूर्ण जानकारी नै उल्लेख नभएको पाइएको छ । यस्तो रिपोर्ट पाएपछि मुम्बइ पुलिसले अन्य डाक्टर वा विज्ञसँग किन सम्पर्क गरेन भन्ने विषयमा सीबीआइले मुम्बइ पुलिसकै जाँच गर्नेछ । सुशान्तको पोस्टमार्टम रिपोर्टमा मृत्युका बेला उनको शरीरले कस्तो प्रतिक्रिया दियो भन्ने विषयमा धेरै विवरण छैन ।

Related Articles

Back to top button