vada
News

कोरोना जितेर अर्की महिला पनि घर फर्किइन् ..

धनगढी / सुदूरपश्चिमकी पाचौँ कोरोना संक्रमितपनि अस्पतालबाट डिस्चार्ज भएकि छिन् । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका -५ की ३४ बर्षिय युवतीको लगातार दुई पटक सम्म रिपोर्ट नेगेटिभ आएपछि अस्पताले डिस्चार्ज गरेको हो।

३५ दिनदेखि सेती अस्पतालमा उपचारर महिलाको छ पटकसम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा थियो।

पछिल्लो दुई पटक गरिएको परीक्षणमामा भने रिपोर्ट नेगेटिभ आएको हो । उनीसँगै भर्ना भएका दुई जना, र तुयअघि भर्ना भएका एक जना डिसचार्ज भइसकेका छन् भने उनीभन्दा पछि भर्ना भएकी एकजना पनि डिसचार्ज भइसकेकी छन्।

लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवक, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० बर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि महिला यसअघि नै सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भईसकेका थिए।

Related Articles

Back to top button