vada
News

वीरगञ्जमा कोरोना संक्रमणबाट ४८ वर्षीय पुरुषको मृत्यु

५ भदौ, वीरगञ्ज ।पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय पुरुषको वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा शुक्रबार दिउँसो सवा १ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

हिजोदेखि न उनको स्वास्थ्यमा गम्भीर समस्या आएको उपचारमा संलग्न चिकित्सकले बताए । उनले राति दुईपटक भेन्टिलेटरमा राखेर निकालिएको र बिहान फेरि अवस्था बिग्रिएर भेन्टिलेटरमा राखेपनि बचाउन नसकेको बताए ।

मुटुसम्बन्धी समस्याबाट ग्रसित उनी हाइपरटेन्सन र उच्च रक्तचापबाट समेत पीडित रहेको अस्पताल स्रोतले जनाएको छ ।नारायणी अस्पतालको आईसीयुमा उपचाररत उनलाई कोरोना संक्रमण पुष्टि भएपछि साउन ३२ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो । योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

Related Articles

Back to top button