vada
Intresting

शनिबार मंगल ग्रहले राशि परिवर्तन गर्दै, कुन राशिलाई गर्छ असर ? जान्नुहोस्

काठमाडौं / वैसाख २७ गते शनिबार मंगल ग्रहले राशि परिवर्तन गर्न लागेको छ । यसअघि मंगलग्रह चैत १३ गते धनु राशिबाट आफ्नो उच्च राशि मकरमा परिवर्तन भएको थियो । करिब ४५ दिन मकर राशिमा तीन ठूलाग्रह बृहस्पति, शनि तथा मंगलग्रह एकैसाथ रहँदा यसको प्रभाव विभिन्न क्षेत्रमा फरक फरक तरिकाबाट परेको ज्योतिषीहरुले जानकारी गराएका छन् । यसरी तीन ठूलाग्रह एकैसाथ संगै बस्नु एउटा ऐतिहासिक ठूलो खगोलिय घटना भएको अनुसन्धानका लागेका ज्योतिषीहरुले बताएका छन् ।

मंगल ग्रहले शनिबार निच अवस्थामा रहेका देवगुरु बृहस्पति तथा लामो समय करिब ३० वर्ष पछि आफ्नो राशिमा प्रवेश गरेको शनि ग्रहबाट अलग हुन लागेको हो । सामान्य भाषामा भन्नुपर्दा मंगलबार कसैसँग मिस्सिनु हुँदैन भने शनिबार सँगै बसेकाहरुसँग छुट्टिन नहुने शास्त्रमा उल्लेख गरिएको छ ।

शास्त्रको नियम अनुसार पनि मंगल ग्रहले शनिबारका दिन राशि परिवर्तन गरेर छुट्टीनुलाई राम्रो संकेत नभएको ज्योतिषीहरुले जानकारी गराएका छन् ।विश्वमा महामारीको रुपमा रहेको कोरोनाको प्रकोप दक्षिण तथा पश्चिमी देशहरुमा पुनः रहस्यमय तरिकाबाट देखापर्न सक्ने हुँदा विशेष सावधानी अपनाउन सम्बन्धित पक्षलाई ज्योतिषीहरुले आग्रह गरेका छन् ।

नेपालमा पनि यसको प्रभाव उच्च रहने देखिएको छ । मंगल ग्रहले आफ्नो उच्च राशिबाट शनिकै राशिमा परिवर्तन हुन लागेकाले करिब ४५ दिन अझै सुरक्षित तरिकाले बस्नु पर्ने देखिएको छ । सरकारले उद्योग कलकारखाना शुक्रबारबाट सन्चालनमा ल्याउने बताएको छ भने शनिबार नै मंगल ग्रहले राशि परिवर्तन गर्न लागिरहेको छ । मेसिनरी ग्रहका रुपमा हेरिने मंगल ग्रह शत्रु राशिको घरमा रहने हुँदा उक्त निर्णय पनि विवादास्पद हुने देखिएको छ ।

चैत १३ गते मंगलको राशि परिवर्तन भएदेखि दलहरु विवादास्पद बनिरहेकाले अझै ४५ दिन विवाद कायमै रहने छ । फलस्वरूप सैनिक शासनको पनि सामना गर्नुपर्ने देखिएकाले विशेष सावधानी अपनाउनु पर्ने देखिएको छ।

दलहरुले छुट्टै नयाँ गुटबन्दी गर्ने हुँदा यसले जनतामा व्यापक निराशापन देखापार्ने छ । बैंक तथा महत्त्वपूर्ण संस्थाको सिस्टमम चोरी हुने योग रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ। मौसममा पनि यसको प्रभाव उच्च रहने छ र चिसो बढ्ने देखिएको छ ।

यसले समग्र १२ राशिमा पनि फरक फरक प्रभाव पार्ने छ कन्या, वृश्चिक तथा मीन राशि हुनेहरुले विशेष सावधानी अपनाउनु पर्ने देखिएको छ। यस्तो अबस्थामा गणेश संकट मोचनको पाठ, रुद्राभिषेक तथा शनिको पाठ र मन्त्र जप गरेमा प्रभाव कम रहने विज्ञहरुले जानकारी गराएका छन् । यो एउटा एतिहासिक खगोलीय घटना हो ।

(लेखक रिजाल ज्याेतिष तथा वास्तुविद् हुन् । उनी दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव पनि हुन । उनकाे सम्पर्क नम्बर ९८५१०६११२४ रहेकाे छ)

Related Articles

Back to top button
Close