News

कतारबाट जबर्दस्ती फर्काइएका ९४ नेपालीको लागि पठायो १ करोड २३ लाख

दोहा / कतारले कोरोना महामारीका क्रममा पक्राउ गरेर नेपाल फिर्ता पठाएका नेपाली कामदारले पारिश्रमिक पाउने भएका छन् । गत मार्च महिनामा नेपाल फर्काइएका ९४ जनाको पारिश्रमिक सम्वन्धित कम्पनीबाट उठाएर नेपाल पठाएको कतारस्थित नेपाली दूताबासका द्वितीय सचिब प्रबीण भट्टराईले जानकारी दिएका छन् ।

अल ब्रेन्डरी इन्जिनियरिङ कम्पनीमा कार्यरत ८४ र आल्मुनियम गल्फ रे कम्पनीमा कार्यरत १० जनाको पारिश्रमिक नेपाल पठाएको सचिब भट्टराईले बताए ।
अल ब्रेन्डरीबाट ३ लाख ४६ हजार ३ सय २० कतारी रियल र आल्मुनियम कम्पनीबाट २६ हजार ८ सय १ कतारी रियल सम्वन्धित कामदारले नेपालमा पाउने गरी कन्सुलर सेवा विभागमा पठाएको उनले बताए । यो रकम नेपालीमा रुपान्तरण गर्दा १ करोड २३ लाख ९१ हजार ३ सय ४८ रुपैंया हुन् आउछ ।

कतार सरकारले भीडभाडमा गएको भन्दै पक्राउ गरेर नेपाल पठाइएका नेपाली कामदारहरुले आफूहरुलाई बिनाकारण कतारले नेपाल फिर्ता पठाएको भन्दै दुखेसो पोखेका थिए । यसअघि एम्‍नेस्टी इन्टरनेसनले पनि कतारी अधिकारीहरूले नेपालीसहित आप्रवासी कामदारलाई नियन्त्रणमा लिई निष्कासन गरेको प्रमाणित भएको भन्दै आपत्ति जनाएको थियो ।

कतार प्रहरीले गत फागुनको अन्तिम साता सनैयाबाट सयौं कामदारलाई पक्राउ गरी चैत पहिलो साता नेपाल फिर्ता पठाएको थियो। उनीहरुलाई फर्काइएको कारण बारे अहिलेसम्म पनि दूताबासले केहि खुलाएकाे छैन ।

Related Articles

Back to top button
Close