vada
News

नारायणी अस्पतालमा कोरोना संक्रमणबाट थप एक जनाकाे मृत्यु

४ भदौ, वीरगञ्ज ।बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वा बस्ने ५९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बुधबार राति ११ बजेतिर अचानक श्वास प्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल र्पुयाइएको थियो । अस्पतालमा र्पुयाएलगत्तै उनको मृत्यु भएको थियो ।

मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी नारायणी अस्पतालले दिएको छ ।जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले संक्रमित मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको जानकारी दिए ।

Related Articles

Back to top button