vada
News

नेपाल टेलिकमका कर्मचारीको कोरोनाबाट ज्यान गयो

काठमाडौं – वीरगंजमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढी रहेको छ । यस्तै वीरगंजमा कोरोनाभाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगंज १५ लक्षुमानवा घर भएका ६० वर्षीय वृद्ध रहेका छन् । उनी नेपाल टेलिकम वीरगंजमा कार्यरत एक कर्मचारी हुन् ।

स्वास्थ्यमा समस्या आएपछि नारायणी अस्पतालमा भर्ना भएका उनको मंगलबार दिउँसो उपचारको क्रममा मृत्यु भएको हो । उनलाई एक सातादेखी सुक्खा खोकी, ज्वरो र निमोनियाको समस्या रहेको थियो ।

उनको स्वाब परीक्षण गर्दा जेन एक्सपर्ट परीक्षणमा रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । उनको कोरोना संक्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ ।

Related Articles

Back to top button