vada
News

कृषि बैंकको केन्द्रीय कार्यालयका चार कर्मचारीमा देखियो कोरोना

काठमाडौं । रामशाहपथस्थित कृषि विकास बैंकको केन्द्रीय कार्यालयमा कार्यरत चार कर्मचारीमा कोरोना भाइरस देखिएपछि सिल गरिएको छ । बुधबार बैंकको केन्द्रीय कार्यालय नै बन्द छ ।

बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी, सुरक्षा गार्ड र ड्राइभरमा कोरोना संक्रमण देखिएको स्रोतले बतायो । जसका कारण आज रामशाहपथस्थित केन्द्रीय कार्यालयले प्रवाह गर्ने सेवा ठप्प भएको छ ।

‘केन्द्रीय कार्यालयमा कार्यरत चारजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आज कुनै काम भएको छैन, सबै घरमै छन्,’ बैंकको केन्द्रीय कार्यालयमा कार्यरत एक उच्च अधिकारीले भने ।

Related Articles

Back to top button