vada
News

तीजको मुखमा सुनको मूल्य कति ? हेर्नुहोस् आजको बजार भाउ

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुनुअघि बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार छापावाल सुन एक लाख चार सय रुपैयाँमा कारोबार भएको थियो ।

आज पनि सोही मूल्य कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै, तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । तोलामा ९९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १३ सय ८५ रुपैयाँ थियो । आज तोलामा १० रुपैयाँ घटेको हो ।

Related Articles

Back to top button