vada
News

काठमाडौ नयाँ बानेश्वर बस्ने पुरुष सहित कोरोनावाट एकै दिन ८ जनाको निधन

काठमाडौं । कोरोनावाट थप एक जनाको निधन भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको निधन भएको हो । मंगलबार अस्पताल भर्ना गरिएकी एक वृद्ध महिलाको को निधन भएको अस्पतालले जनाएको छ । बूढीगंगा २ मोरङकी ६७ वर्षीय बृद्धाको कोरोनाका कारण निधन भएको अस्पतालले जनाएको छ ।

मुटुमासमेत समस्या भएकोले विराट मेडिकलमा उपचार भइरहेकी बृद्धाको विराट मेडिकलमा उपचार सम्भव नभएपछि मंगबार बिहान २ बजे धरान ल्याइएको थियो । रुखा खोकी, ज्वरोसँगै स्वासप्रश्वासमा समस्या आएपछि उपचारको क्रममा उनको मंगलबार पाँच बजे निधन भएको हो ।

कोरोना भाइरसबाट मंगलबार एकैदिनमा ८ जनाको निधन भएको छ । मोरङ, काभ्रे कास्की, तनहुँ, चितवन, नवलपरासी बाँके, बर्दियामा १, १ जनाको निधन भएको हो ।

काभ्रेको धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको छ । साउन २७ गते अस्पताल भर्ना भएका उनलाई कोरोना भएको २८ गते पुष्टि भएको थियो ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाका अनुसार उनी काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका थिए । पिसाब बन्द हुने समस्या देखिएपछि उनी धुलिखेल अस्पतालमा पुगेका थिए ।

यसैगरी चितवनको खैरहनी नगरपालिका(३ कि १०९ वर्षकी वृद्धाको निधनपछि कोरोना पुष्टि भएको छ । वृद्धाको सोमवार राति पौने एक बजे नै निधन भएको र मंगलबार दिउँसो रिपोर्ट पोजेटिभ आएको उनका परिवारका सदस्य कमल पाठकले जानकारी दिए ।

Related Articles

Back to top button