News

पोर्तुगलका नेपालीहरुलाई खुशीको खबर : धमाधम निको हुँदै कोरोना संक्रमित नेपालीहरु

योगेन्द्रमिलन छन्त्याल, लिस्बन । पोर्तुगलमा रहेका नेपाली समुदायका लागि खुशीको खबर छ । पोर्तुगलमा संक्रमित नेपालीहरुको संख्या बढ्दै रहे पनि संक्रमित नेपालीहरु धमाधम निको भैरहेका छन् । कोरोना प्रभावित तथ्याङ्क सङ्कलन उपसमितिका अनुसार हालसम्म ३१ जना नेपालीलाई कोरोना संक्रमण भएको छ ।

संक्रमितमध्ये १९ जना निको भएर सामान्य जीवनमा फर्केका छन् । अन्य १२ संक्रमितमध्ये तीनजना अस्पतालमा रहेका छन् । दुईजना सरकारले स्थापना गरेको अस्थायी शिविरको क्वारेन्टाइनमा रहेका छन् भने बाँकी सातजना आफ्नै अपार्टमा आइसोलेशनमा बसेका छन् ।

पहिलो संक्रमित गत मार्च १० तारिख फारो अस्पतालमा भर्ना भएका थिए । बेहोश भइ फारो अस्पतालमा भर्ना भएका उनी मे २ तारिख शनिबारका दिन आफ्नै अपार्टमा फर्किएका छन् । अप्रिल २५ तारिखका दिन अस्पतालबाट डिस्चार्ज भएका उनलाई ८:०० बजे अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पताल भर्ना पछि उनलाई कोभिड-१९ संक्रमणको पुष्टि भएको थियो । आप्रवासी हेर्ने उच्च आयोग (एसीएम) सँग सम्पर्क गरेर उनका लागि ताभिराको एक सरकारी निवासमा खान बस्नको विशेष व्यवस्था गरिएको थियो ।

अर्का एक युवक ताभिरा क्वारेन्टाइनबाट छुटेर हिजो मे ७ तारिख बेलुकी केशव न्यौपाने र देवेन्द्र पुनको सहयोगमा एक अपार्टमा राखिएको छ । सान्तराईमा संक्रमित आठजनामध्ये ६ जना अपार्ट फर्किसकेका छन् । पाँचजनाले कम्पनीमा काम शुरु गरिसकेका छन् भने अर्का एकजनाले सोमबारदेखि काममा जाने बताएका छन् ।

उपसमितिको प्रतिवेदन सारांशमा लिस्बनमा संक्रमित १८ जनामध्ये ११ जना निको भएर सामान्य जीवनमा फर्केको उल्लेख गरिएको छ । ६ जना घरमै आइसोलेशनमा रहेका छन् भने एकजना अस्पतालमा रहेका छन् ।

यसैगरी भिल्ला फ्राङ्का दि जिरा र साओ तेओतोनिओका दुई संक्रमितको अस्पतालमा उपचार भैरहेको छ । पोर्तोमा पनि एक संक्रमित घरमै आइसोलेशनमा रहेका छन् ।

Related Articles

Back to top button
Close