News

बाँकेको एकै ठाउँमा २३ जना कोरोना संक्रमित

२६ बैशाख, बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित कोरोना सङ्क्रमित जोलाहनपूर्वा टोलमा आज थप एक युवकमा पोजेटिभ देखिएको छ । कोरोना सङ्क्रमण पोजिटिभ देखिएका १६ वर्षीय वडा नम्बर ८ जोलाहनपूर्वा टोलकै भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यसअघि सोही ठाउँका २२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । नेपालगञ्जमा पहिलोपटक यही वैशाख १९ गते वडा नम्बर ७ डिएसपी रोडका ६० वर्षीय पुरुषमा पहिलोपटक सङ्क्रमण देखिएको थियो । दुई दिनअघि बुधबार सङ्क्रमित क्षेत्र वरपर वडा नम्बर ८ बाट लिइएका १३६ स्वाबको परीक्षणका क्रममा एकमा पोजिटिभ देखिएको हो ।

श्रेष्ठका अनुसार दुई दिनअघि यही वैशाख २४ गते नेपालगञ्ज ८ का विभिन्न क्षेत्रमा गरिएको १३० जनाको स्वाबको परीक्षणका क्रममा एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । एक सय २९ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ भने अन्य ६ सहित बिहीबार सङ्कलित ४८ स्वाबको रिपोर्ट आउन बाँकी छ ।

एक थपिएसँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ । यही वैशाख १९ गते शुक्रबार पहिलोपटक नेपालगञ्जका ६० वर्षीयद्धमा कोरोना पुष्टि भएको थियो । आज भेटिएका कोरोना सङ्क्रमित युवकलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्थापना गरिएको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचारका लागि पठाइएको श्रेष्ठले जानकारी दिए ।

Related Articles

Back to top button
Close