vada
News

भारतबाट नेपालमा कोरोना फैलने खतरा !

भारतबाट नेपालमा कोरोना फैलने खतरा !

विश्वमा ७ दशमलव ६ अर्ब मानिसहरू बस्दै आएको सर्वविदितै रहेको छ । कोरोना भाइरस सन् १९६० मा पत्ता लागेको थियो । यो रोग सबैभन्दा पहिले गत डिसेम्बरमा चिनियाँ सहर वुहानमा कोरोना भाइरसको संक्रमण फैलियो । यो सहरमा करीब एक करोड दश लाख जनसंख्या रहेको छ । वुहान सहर एक व्यापारी स्थान भएकोले धेरै अरू क्षेत्रका मानिसहरूको पनि आवतजावत हुने हुँदा अन्य सहरहरूमा पनि यो रोगको बिस्तार भएको बुझिन्छ । जहाँ विश्वकै सबैभन्दा ठूला पाँचसय कम्पनीले लगानी गरेका छन् । वुहानस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट वर्षेनी करोडौँ व्यक्ति आवागमन गर्छन् ।

कोरोना भाइरस अहिले भारतलगायत १ सय ६२ देशहरूमा फैलिसकेको अवस्था छ । यस रोगबाट भारतमा २ सयभन्दा बढी संक्रमित भइसकेका छन् भने ४ जनाको मृत्यु भइसकेको छ । मूलतः पछिल्लो समय सबैभन्दा बढी चीनका नागरिक निको भएर फर्केका छन् । भारतमा २ सयभन्दा बढी संक्रमित भइसकेका छन् भने ४ जनाको मृत्यु भइसकेको छ । मूलतः पछिल्लो समय सबैभन्दा बढी चीनका नागरिक निको भएर फर्केका छन्

हालसम्म मानिसमा सात प्रकारका कोरोना भाइरसको संक्रमण देखिएको छ । सन् २०१९ डिसेम्बर ३१ तारिखमा छिमेकी देश चीनमा पत्ता लागेको नोवल कोरोना भाइरस, कोरोना समूहको नयाँ प्रजाति हो । यसमा सार्स, मर्स र नोवल कोरोना भाइरस चाहिँ भर्खरै पत्ता लागेका हुन् । कोरोना भाइरसका ८० प्रतिशत लक्षण सार्ससँग मिल्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन् । यी भाइरसले मूलतः श्वासप्रश्वास प्रणालीमा संक्रमण गरी रुघाखोकी र निमोनिया गराउँछन् ।

Related Articles

Back to top button
Close