vada
News

भारतमा रहेका बैतडीका एक युवकमा कोरोना संक्रमण

बैतडी : भारतको राजधानी नयाँदिल्लीमा बैतडी घर भएका एक नेपाली युवकमा कोरोनाको संक्रमण देखिएको छ। दोगडाकेदार गाउँपालिका ७ घर भएका २३ वर्षीय युवकमा काेराेना संक्रमण भेटिएकाे हाे।

संक्रमित युवक राजधानी नयाँदिल्लीको आजादपुर मण्डीमा जेसिए ट्रेडर्स नामक फलफूल कम्पनीमा कार्यरत त्यहाँबाट राजु भट्टले जानकारी दिए। भट्टका अनुसार लकडाउन चलिरहेका बेला पनि युवकलाई बाहिरी काममा खटाउने गरिएकाे थियाे। रुघाखोकी र श्वासप्रश्वासमा समस्या भएपछि बिहीबार युवकको थ्रोट स्वाबको नमुना परीक्षण गर्दा रिपाेर्ट पोजिटिभ आएको थियाे।

संक्रमित युवकलाइ बिहीबार राति नै दिल्लीको राममनोहर लोहिया अस्पतालमा आइसोलेसन वार्डमा भर्ना गरिएको भट्टले जानकारी दिए। आइसोलेसन भर्ना गरिएका युवकको अवस्थामा भने सामान्य रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै उनले बताए।

भारतका विभिन्न सहरमा हजारौं नेपाली मजदुर लकडाउनले गर्दा रोजगारी खोसिएकाले समस्यामा परेका छन्। उनीहरुले स्वदेश फर्काउन नेपाल सरकारलाई गुहारिरहेका छन्।

Related Articles

Back to top button
Close