vada
News

काठमाडौं उपत्यकामा थप १६८ जनालाई देखियो कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाण्डौ – कोभिड–१९ को संक्रमणबाट सोमबार थप ५८१ जनामा संक्रमण पुष्टि भएको छ। एघार हजार ५२० जनामा गरिएको पीसीआर परीक्षणमा महिला १७३ र ४०८ पुरुषमा संक्रमण पुष्टि भएको हो।

यो सहित नेपालमा संक्रमित संख्या २७ हजार २४१ जना पुगेको छ। बितेको २४ घण्टामा १६० जना डिस्चार्ज भएका छन्। अहिलेसम्म १७ हजार ४९४ जना संक्रमित निको भएर घर फर्किएका छन्। अर्थात्, ६४.२ प्रतिशत संक्रमित निको भएर घर फर्किएका छन्।

६४.२ प्रतिशत संक्रमित निको भएर घर फर्किएका छन्। सक्रिय संक्रमित संख्या भने ९ हजार ६३९ पुगेको छ। प्रदेश १ मा ९१०, प्रदेश २ मा एक हजार ८६६, बागमती प्रदेशमा दुई हजार २१८, गण्डकी प्रदेशमा २९७, प्रदेश ५ मा ७३५, कर्णाली प्रदेशमा २१२ र सुदूरपश्चिम प्रदेशमा ७९९ संक्रमितको उपचार भइरहेको छ।

मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौंमा पाँच सय भन्दा बढी संक्रमित उपचारत छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमबार थप तीन जनाको मृत्यु भएको छ। यो सहित संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ।

त्यस्तै काठमाडौं उपत्यकामा १६८ जना कोरोना संक्रमित थपिएका छन्। सोमबार पनि काठमाडौंमा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत दिएको जानकारी अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा १३९ जना, ललितपुरका १५ जना र भक्तपुरका १४ जनामा कोरोना संक्रमण देखिएको हो।

Related Articles

Back to top button