vada
News

काठमाडौं उपत्यकामा १६८ जनामा कोरोना संक्रमणको पुष्टि, यी स्थानमा थपिए नयाँ कोरोन संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा थप १६८ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको जानकारी दिएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले काठमाडौंमा १३९, ललितपुरका १५ र भक्तपुरका १४ जनालाई कोरोना पुष्टि जानकारी दिनुभयो ।

सोमबार थप ५ सय ८१ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशभर सो संख्यामा संक्रमित थपिएका हुन्। आज थपिएका यीसहित हालसम्म संक्रमित हुनेको संख्या २७ हजार २ सय ४१ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा १ सय ६० जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ।
देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ३९ छ। त्यस्तै मृतक १ सय ७ जनामा कोरोना पुष्टि भएको छ।

Related Articles

Back to top button