News

कोरोनाभाइरसः पहिलो पटक बाँदरमा गरिएको भ्याक्सिनको परीक्षण सफल

काठमाडौं। कोरोनाभाइरसको भ्याक्सिनको बाँदरमा गरिएको परीक्षण सफल भएको छ । विश्वमै पहिलो पटक चीनमा यो भ्याक्सिनको बाँदरमा परीक्षण गरिएको थियो । यो भ्याक्सिन बाँदरलाई कोरोनाभाइरस संक्रमणबाट बचाउन सफल रहेको चिनियाँ वैज्ञानिकहरुले बताएको चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले लेखेको छ ।

यस सम्बन्धि रिपोर्ट मे ६ मा साइन्स म्यागजिनमा प्रकाशन गरिएको समाचारमा जनाइउको छ । भ्याक्सिन विकासकर्ताहरुले ११ जना बिरामीबाट संकलित ११ भाइरसलाई प्रयोग गरेका थिए । यी नमूना भाइरसलाई आइसोलेट गरिएको थियो । नमूनाहरुमध्ये चीनबाट पाँच, इटालीबाट तीन, स्वीट्जरल्याण्ड, युके र स्पेनबाट एक–एक जना संक्रमितको नमूना लिइएको थियो ।

यो भ्याक्स्निले शरीरमा कोरोनाभाइरसलाई निष्क्रिय पार्ने एन्टिबडी विकास गरेको देखिएको छ । यसले कोरोनाभाइरसका १० स्ट्रेनलाई निष्क्रिय पारेको रिपोर्टमा उल्लेख गरिएको छ । विश्वभरी कोभिड–९० का विभिन्न स्ट्रेनहरु छन् जसको क्षमता पनि फरक फरक छ । यद्यपि यो भ्याक्सिनले फरक फरक स्ट्रेनमा पनि सफलतापूर्वक काम गरेको पाइएको छ ।

Related Articles

Back to top button
Close