vada
Entertainment

भिडियोमा पल शाह र एलिजा गौतमको जम्यो जोडी (फोटो फिचर)

मुलुकमा कोरोना महामारी चलिरहेको बेलापनि म्युजिक भिडियोको छायांकनहरु धमाधम भइरहेको छ । कोरोना महामारी नहुँदो हो त यतिबेला जताततै तीजको रौनक सुरु हनु पर्नेहो तर, महामारीका कारण यो बर्षको तीज भिडियो हेरेरै चित्त बुझाउनु पर्ने अवस्था आएको छ ।

नारीहरुको महानपर्व हरितालिका लक्षित धेरै गीतहरु डिजिटल बजारमा आएपनि युट्युबमा मात्र सिमित भएको छ । तीज बाहेक अन्य गीतहरुले पनि बेला बेला युट्युब ट्रेन्डिङ कब्जा गरिरहेको छ ।

लकडाउनपछि पल शाह फिचर्ड म्युजिक भिडियो करोड क्लबमा समेत प्रवेश गरिसकेको छ । चलचित्र २ नम्बरीको छायांकन कोरोनाका कारण रोकिएपछि पल शाहलाई म्युजिक भिडियोमा ब्यस्त देखिन्छ ।

त्यस्तै चलचित्र अनुरागबाट नेपाली रजतपटमा पाइला टेकेकी नायिका एलिजा गौतमसँग पल शाहले पहिलो म्युजिक भिडियो गरेका छन् । नायिका गौतमको भने दोस्रो म्युजिक भिडियो हुनेछ, यसअघि एलिजा गौतम र दुर्गेश थापा फिचर्ड आधी कपाल बोलको गीत चर्चामा रहेको छ ।

Related Articles

Back to top button