vada
News

नेपालमा पहिलोपटक ३० मिनेटमै कोरोना परिक्षण गर्ने मेसिन जडान

रुपन्देही – बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले द्रुत गतिमा कोरोना भाइरस परीक्षण गर्ने मेसि सुचारु गरेको छ । अन्य दिर्घरोगीहरुलाई कोरोना संक्रमण पुष्टि भएको भए ज्यान जाने जोखिम पर्नेहरूका लागि ध्यानाकर्षण गरि उक्त मेसिन सुचारु गरेको हो । कोरोना भाइरसको रिपोर्ट चाँडो पत्ता लागोस् भन्ने उदेश्यका साथ मेसिन सुचारु गरिएको अस्पताल प्रसाशनले जनाएको छ ।

एचआइभी संक्रमित,क्षयरोग र अस्पतालमा कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण देखिएका गम्भीर अवस्थामा आएका बिरामीहरुको परीक्षण गरिने भएको छ । शुक्रबार सुचारु गरी उद्घाटन गरिएको मेसिनले कोरोना भाइरस संक्रमण भए ४५ मिनेटमा र नभएको भए ३० मिनेटमै रिपोर्ट दिइने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्र खनालले जानकारी दिएका छन् ।

उक्त मेसिन संचालनका लागि ४ जना प्रबिधिकलाई खटाइएको बताइएको छ । यस कक्षमा एचआईभी संक्रमित र क्षयरोगीलाई बिशेष प्रथामिकताका साथ परीक्षण हुने अस्पतालले जनाएको छ ।

Related Articles

Back to top button