vada
News

सुशान्तको करोडौँ रुपैयाँ हिनामिना गरेको आरोप लागेसँगै हराएकी रिया सलमानको घरमा फेला परिन्

एजेन्सी । बलिउड लोकप्रिय अभिनेता सुशान्त सिंह राजपुतको निधनको दुई महिना पुगीसक्दा पनि प्रहरीले उनको मृत्युको कारण पत्ता लगाउन सकेको छैन ।अंकिता लोखण्डे कृति सोननलगायतका कलाकारहरु, सुशान्तको परिवारले सुशान्त प्रकरणमा सीबीआइले अनुसन्धान गर्नुपर्ने माग राखिरहेका बेला सुशान्तको करोडौँ रुपैयाँ आफ्नो खातामा पठाएको आरोप लागेपछि हराएकी भनिएकी सुशान्तकी कथित प्रेमीका सलमानको घरमा नै फेला परेकी छिन् ।

भारतीय युट्युव च्यानल स्मोकी इभिनिङ्ले रिहा सलमानको घरमा आश्रय लिएर बसीरहेको र सलमानको पूर्ण रुपमा साथ रहेको उल्लेख गरेको छ ।सलमानको घरमा उनको धेरै मिल्ने साथी सोहिभ लोहियाको गाडी सलमानको घरमा नै फेला परेको छ । जसमा रिया रहने गरेको समेत उक्त च्यानलले दाबी गरेको छ । सुशान्त प्रकरणमा सलमान खान अहिलेसम्म केही बोलेका छैनन् ।नेपोटिजमको चर्को आरोप खेपेका सलमानले रियालाई आफ्नो घरमा आश्रय दिइरहेको रहस्य बाहिर आएसागै सलमानका फ्यानहरु भड्किएका छन् ।

Related Articles

Back to top button