vada
News

नेपालमा कोरोना संक्रमित १०२ पुग्यो, भर्खरै थपिए १ जना

काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को अपडेट दैनिक गराउँदै आएको छ।

नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै कोरोना संक्रमितको सङ्ख्या १०२ पुगेको जानकारी दिएको छ । भेरी अस्पतालको परिक्षणमा आज १६ बर्षिय पुरुष कोरोना पोजेटिभ देखिएको हो ।

नेपालमा अहिलेसम्म १०२ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये ३० जना निको भएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।
सरकारले सबै जिल्लामा आरडीटी विधिबाट परीक्षण सुरु गरेको छ भने सबै प्रदेशका विभिन्न ठाउँमा गरेर १८ अस्पतालबाट पीसीआर विधिबाट स्वाब परीक्षण भइरहेको छ।

Related Articles

Back to top button
Close