vada
News

काठमाडौं उपत्यकामा आज रातिदेखि भदौ १५ गतेसम्म निषेध जारी

काठमाडौं, ३० साउन । सरकारले आज रातिदेखि काठमाडौं उपत्यकामा विशेष कडाई गर्ने भएको छ ।काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम निषेध जारी गर्ने निर्णय गरेको छ । निषेध आज राति १२ बजेदेखि आगामी भदौं १५ गते राति १२ बजेसम्म कायम रहने छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहलमा बसेको भक्तपुर जिल्ला प्रशासन कार्यालय र ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आज रातिदेखि काठमाडौं उपत्यकामा कडाई गर्ने निर्णय गरेको हो ।

Related Articles

Back to top button