vada
News

विश्वका लोकप्रिय गायिकाको सूचीमा नेहा कक्कड दोस्रोमा

बलिउड गायिका नेहा कक्कड विश्वमा सर्वाधिक खोजिने गायिकाको सूचीमा दोस्रो स्थान ओगट्न सफल भएकी छिन् । नेहा दुनियाँभरमा युट्युबमा सबैभन्दा धेरै सर्च गरिने फिमेल आर्टिस्टमा दोस्रो नम्बरमा परेकी हुन् । यसको जानकारी उनले इन्स्टाग्राममार्फत दिँदै फ्यानलाई धन्यवाद भनेकी छिन् ।

कलाकारको सूचीमा नेहाभन्दा अगाडि पहिलो स्थानमा अमेरिकन र्‍यापर कार्डी बी मात्र छिन् । यो सूचीमा अन्य भारतीय महिला कलाकार परेका छैनन् ।हालै भएको सर्वेक्षणअनुसार कार्डी बीलाई कुल ४ दशमलव ८ बिलियन दर्शकले युट्युबमा सर्च गरेका छन् । त्यसैगरी नेहा कक्कडलाई ४ दशमलव ५ बिलियन दर्शकले खोजेका छन् । यो सर्वेक्षणमा नेहाले विश्व चर्चित थुप्रै ठूला हस्तीलाई उछिनेकी छिन् ।

नेहाले कोलम्बियन सिंगर करोल जी, साउथ कोरियन गर्ल ग्रुप ब्ल्याकपिंक, अमेरिकन सिंगर अरिना ग्राण्डी, ब्राजिलियन सिंगर मरिलिया मेन्डोन्का लगायत ठूला स्टारलाई पछाडि पारेकी हुन् । नेहा इण्डियन आइडल सिजन ६ मा प्रतियोगीको रुपमा उदाएकी कलाकार हुन् । आज उनी इण्डियन आइडलकी जज छिन् । उनका थुप्रै गीत चर्चित छन् ।

Related Articles

Back to top button
Close