vada
News

माया मेट्रो अस्पतालका २७ स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट आयो

काठमाडौं-माया मेट्रो अस्पतालका २७ स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा उपचाररत गर्भवतीमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएका स्वास्थ्यकर्मीको रिर्पोट नेगेटिभ आएको हो । अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले धनगढीमा गरिएको पीसीआर परीक्षणका क्रममा २७ स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको बताए ।

केही दिनअघि माया मेट्रो अस्पतालमा उपचाररत बैतडीको पाटन नगरपालिका ३ की १९ वर्षीय महिलामा आइतबार कोरोना पुष्टि भएको थियो। उनको अहिले सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा उपचार भईरहेको छ । अस्पतालका २७ स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएपछि आज देखी केही दिनका लागि स्थगित रहेका सेवाहरु पूर्ण रुपमा सुचारु हुने बताइएको छ ।

Related Articles

Back to top button