vada
News

भारतले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने !

काठमाडौं। भारतले चिनियाँ एप टिकटकमाथि लगाएको प्रतिबन्ध हट्ने संकेत देखिएको छ । रोयटर्सको एक रिपोर्टअनुसार रिलायन्स इण्डष्ट्रिजले टिकटकको भारतीय कारोबार खरिद गर्ने तयारी थालेको छ । रिपोर्टका अनुसार टिकटकको मालिक कम्पनी बाइटडान्स र मुकेश अम्बानीको कम्पनी रिलायन्स इण्डष्ट्रिजबीच सम्भावित डीलको विषयमा छलफल भइरहेको छ । यद्यपि यी दुई कम्पनीहरु कुनै सम्झौतामा पुगिसकेका भने छैनन् ।

रिलायन्स र टिकटक दुवैले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । गएको जुलाइमा भारतले टिकटकसमेत ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । त्यतिबेला टिकटकका ३० प्रतिशत प्रयोगकर्ता भारतीय थिए र टिकटकको कूल कमाइको १० प्रतिशत कमाइ भारतबाट आउँथ्यो । अप्रिल २०२० सम्म गुगल प्ले स्टोर र एपल स्टोरबाट टिकटक २ अर्ब पटक डाउनलोड भएको थियो । यसको ३०.३ प्रतिशत डाउनलोड भारतबाट गरिएको थियो ।

Related Articles

Back to top button