vada
News

काठमाडौं उपत्यकामा १२७ जनामा कोरोना संक्रमणको पुष्टि, यी स्थानमा थपिए नयाँ कोरोन संक्रमित ?

काठमाडौं उपत्यकामा १२७ सहित देशभर ५२५ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभर ५२५ लाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।उहाँका अनुसार काठमाडौंमा १११, ललितपुरका ११ र भक्तपुरका ५ जनासहित देशभर ५२५ लाई कोरोना पुष्टि भएको छ । १६ हजार ८३७ जना निको भएका छन् ।

२४ घण्टामा थप ५२५ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको कुल संख्या २४ हजार ९५७ पुगेको छ।देशभर सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ। पछिल्लो २४ घण्टामा ९ हजार ४५९ जनाको पीसीआर परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ८३७ पुगेको छ। डिस्चार्ज हुनेको यो संख्या कुल संक्रमितमध्ये ६८.४ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए। प्रवक्ता गौतमका अनुसार ७३ पुरुष र २२ महिला गरेर मृतकको संख्या ९५ पुगेको छ।

Related Articles

Back to top button