vada
News

कोरोनको त्रास बीच फेरी आयो अर्को दुखद खबर : स्क्रब टाइफसबाट १४ वर्षीया बालिकाको निधन

बैतडी, २९ साउन – स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको निधन भएको छ । निधन हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन् । पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दैगर्दा बाटोमै निधन भएको हो ।

स्क्रब टाइफसबाट सङ्क्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मङ्गलबार धनगढीको सारथी अस्पताल पुरयाएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर लग्दैगर्दा बुधबार अपराह्न चिसापानीमा बालिकाको निधन भएको पूजाका फुपाजु शङ्करदत्त भट्टले बताउनुभयो । मृतक पूजाका बुबा रोजगारीको सिलसिलामा विदेश रहेका छन् । उनलाई उपचारका लागि आमा र हजुरबुबाले धनगढी पुरयाएका थिए ।(रासस)

यो पनि, कोरोना सङ्क्रमितबाट जन्मिएको शिशुको निधन- बाँके । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यही साउन २४ गते कोरोना सङ्क्रमित आमाले जन्माएको शिशुको निधन भएको छ। नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शिशुको सोमबार बिहान १.२० बजे उपचारका क्रममा निधन भएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनोडियाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए।

भेरी अस्पतालमा भर्ना भएका रुकुम चौरजहारीकी २८ वर्षीया आशा चौधरीमा कोरोना पुष्टि भएपछि थप उपचारका लागि मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको थियो। सो महिलाले सोही दिन राति ९.३५ बजे शल्यक्रियापछि दुई किलो ७०० ग्राम तौलको शिशु (छोरा) जन्म दिएकी थिइन्। मेडिकल कलेजमा कोरोना सङ्क्रमितबाट जन्मिएका शिशुको निधन भएको र आमाबुबा आइसोलेसनमा रहेको सहायक निर्देशक कनोडियाले जानकारी दिए।

Related Articles

Back to top button