News
विद्युत प्राधिकरणका कर्मचारीको कोरोनाबाट मृत्यु
काठमाडौं – नेपालमा पछिल्लो दिनहरुमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । यस्तै विराटनगरमा थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका-३ घर भएका ५७ वर्षीय पुरुष रहेका छन् । उनी विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका कर्मचारी हुन् ।
उनको आज दिउँसो कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वासमा समस्या भएपछि सोमबार कोभिड अस्पतालमा भर्ना भएका उनमा कोरोना पोजेटिभ देखिएको थियो ।
उनमा मधुमेह र दमको समस्या रहेको जनाइएको छ । अस्पतालका अनुसार कोरोनाबाट मृत्यु भएका उनको शव नेपाली सेनाको विशेष टोलीलाई बुझाउने तयारी भएको जनाइएको छ ।