vada
News

कोरोनाले डर लाग्दो रुप : लिदै काठमाडौं उपत्यकामा ५ सहित ८ संक्रमितको निधन , संख्या ९१ पुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर थप ८ जना कोरोना संक्रमितको निधन भएको जानकारी दिएको छ । नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ५ सहित देशभर थप ८ कोरोना सक्रमितको निधन भएको जानकारी दिनुभयो । ललितपुरको किस्टमा २, नेपाल मेडिसिटि र पाटन अस्पतालमा उपचाररत एक/एक र काठमाडौंको ह्याम्स अस्पतालमा एक जना कोराना संक्रमितको निधन भएको छ ।

ह्याम्समा धादिङका ३२ वर्षका एक युवाको गएराती निधन भएको छ । २ दिनअगाडि अस्पताल भर्ना भएका युवाको आइसीयूमा उपचार भइरहेकोमा गएराती निधन भएको हो । उनी फोक्सो रोगबाट समेत पीडित थिए । यसैगरी पाटन अस्पतालमा उपचारत जनकपुरकी ३८ वर्षकी महिलाको निधन भएको थियो । साउन १८ गते अस्पताल भर्ना भएकी ती महिलालाई मेनेन्जाइटिसको समस्या पनि थियो ।

मेडिसिटिमा साउन ५ गते भर्ना भएका जनकपुरका ७१ वर्षका वृद्दको गएराती १२ ः ३० मा निधन भएको हो निमोनिया ,झाडापखाला ,श्वाश्प्रश्वासमा समस्या आई भर्ना भएका वृद्दलाई ७ गते कोरोना पुष्टि भएको थियो । यस्तै किस्ट अस्पतालमा २ जनाको निधन भएको छ । आइसीयूमा उपचाररत बारा कलैयाका ७७ वर्षका पुरुष र काठमाडौं टेकुकी ७८ वर्षकी वृद्धाको निधन भएको हो । यसअघि आजै पाटन अस्पतालमा उपचारत जनकपुरकी ३८ वर्षकी महिलाको निधन भएको थियो ।

यसैगरी कपिलवस्तुमा १ जनाको निधन भएको छ । कपिलवस्तु कृष्णनगरका ४२ वर्षिय पुरुषको कोरोना बिशेष अस्पतालमा बुधबार बिहान निधन भएको हो । यस्तै सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा बुधबार नै एक कोरोना संक्रमितको निधन भएको छ । मोरङको बुढिगंगाा गाउँपालिका २ का ५५ बर्षिय पुरुषको उपचारका क्रममा निधन भएको हो ।

सप्तरीको राजविराज नगरपालिका–६ का ७२ वर्षीय पुरुषको पनि निधन भएको छ । कोरोना संक्रमणको पुष्टि हुनेवित्तिकै राजविराजमै रहेको कोभिड आइसोलेसनमा ल्याउँदै गर्दा उनको बाटोमा नै निधन भएको हो । चार दिन अघि देखि ज्वरो देखिएपछि उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । थप ९ कोरोना संक्रमितको निधन भएसँगै मृ’तकको संख्या ९१ पुगेको छ ।

हेल्थपाटि बाट

Related Articles

Back to top button